
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा नगरमा सञ्चालित क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिम समापन भएको छ ।
तालिम समापन कार्यक्रमा बोल्दै नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले अब आउने स्थानीय निर्वाचनमा नेतृत्व लिन तयार हुनेगरी सक्रियता बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।
नगरका जनप्रतिनिधि महिला र मेलमिलाप केन्द्रका महिलाहरुका लागि आयोजित तालिममा अधिकारकर्मी शोभा बजगाईं, सुशीला सुवेदी, नगर सूचना सम्पादक भूपेन्द्रराज तिम्सिना, न्यायिक समितिका उजुरी प्रशासक विश्वमणि निरौलाले सहजीकरण गर्नुभएको थियो ।

