अन्तर पालिका स्तरीय अध्यक्ष कप :  बेलबारी फाइनलमा प्रवेश - Crazysaptahik.com

अन्तर पालिका स्तरीय अध्यक्ष कप :  बेलबारी फाइनलमा प्रवेश

सन्तोष राई
कानेपोखरी । आदित्य तामाङको एक मात्र निर्णायक गोलले बेलबारी नगरपालिका अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको फाइनलमा प्रवेश गरेको छ ।

विहिबार जहदा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा बेलबारीले आयोजक कानेपोखरी गाउँपालिकालाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

पहिलो हाफको १८ औं मिनेटमा बेलबारीका आदित्य तामाङले गरेको १ मात्र गोल जितका लागि पर्याप्त बन्यो । दोस्रो हाफ पछिको खेलमा आयोजक निक्कै आक्रमक तरिकाले प्रस्तुत भएको थियो । कानेपोखरीले निक्कै अवसरमा प्राप्त गरेको थियो तर बलले जाली चुम्न सकेन । खेलको अन्त्यतिर आयोजकले पाएको पेनाल्टीलाई डेनिम राईले गोल गर्नबाट चुके । अन्ततः कानेपोखरीले हार व्यहोर्नु पर्यो ।

खेलको म्यान अफ दी म्याच उत्कृष्ट खेल प्रस्तुत गरेका बेलबारीका गोलकिपर सन्तोष दनुवार घोषित भए । आजको दोस्रो सेमिफाइनल खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिका बीच हुने आयोजक अध्यक्ष चरण गुरुङले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.