बुद्ध माविमा साईबर अपराध सम्वन्धी कानूनी परामर्श तालिम - Crazysaptahik.com

बुद्ध माविमा साईबर अपराध सम्वन्धी कानूनी परामर्श तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा विहिबार वडा नम्बर–८ मा अवस्थित बुद्ध माध्यमिक विद्यालयका विद्यार्थीका लागि साईबर अपराध सम्बन्धी कानूनी परामर्श तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले विद्यार्थीहरुका लागि साइबर कानून सम्बन्धी जानकारी हुनु आवश्यक रहेकाले यसखाले कार्यक्रम तय भएको जनाए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देल, युवा समाजसेवी नवीनजंग कार्की सहितले विद्यार्थीलाई साइवर अपराधबाट सुरक्षित बनाउनु पर्नेमा जोड दिए ।

प्रदेश भिजन प्रा.लि.को आयोजना र सञ्चारकर्मी ईस्वर दुलालको संयोजनमा सम्पन्न तालिमको कानून व्यवसायी ईन्द्रकुमार लुईटेलले सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.