
क्रेजी संवाददाता
केचना । मोरङको सुनवर्सी नगरपालिका–१ स्थित केचनामा अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिता २०७८ आजदेखि सुरु हुने भएको छ ।
केचना फुटबल क्लबद्धारा आयोजना हुन लागेको प्रतियोगिता आज चैत १९ गतेदेखि सुरु भएर ३० गते समापन (फाइनल) हुने आयोजक समितिले जानकारी दिएको छ । मंगलसिंह माविको प्राङ्गणमा हुने खेलमा ९ साइजको प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख ५१ हजार, उपविजेताले १ लाख १० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितको हरेक दिन म्यान अफ दी म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले जानकारी गराए ।
यसैगरी खेलको अन्तिम दिन विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट चोकलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
आजको उद्घाटन खेल सुन्दरहरैचा र द रियल ब्रदर्श बिच खेल हुनेभएको छ । खेलमा सुन्दर हरैचा नगरपालिका, द रियल ब्रदर्श, आयोजक केचना फुटबल क्लब, कानेपोखरी फुटबल क्बल, उर्लाबारी फुटबल क्लब, डाँडिहाट फुटबल क्लब, केराबारी फुटबल क्लब, हिमाल युनाइटेड, टेन नवोदय, ईष्ट स्टार मधुमल्ला, आयोजक केचना फुटबल क्बल र गोर्खाली युनाइटेड रतुवामाई गरी जम्मा १२ वटा टिमले सहभागिता जनाएका छन् ।

