
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरस्थित बाल सञ्जालका पदाधिकारीहरुका लागि नेतृत्व विकास सम्वन्धी २ दिने तालिम सोमबारबाट सुरु गरेको छ ।
तालिमको नगर प्रमुख दिलीपकुमार राईले उद्घाटन् गर्दै बालबालिकाहरु अपराधबाट टाढा रही सृजनशील बनेर देश हाँक्ने हैसियत तयार गर्ने शुभकामना व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको पनि आतिथ्यता रहेको तालिममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले पनि मन्तव्य व्यक्त गर्नुभयो ।
१० वटा वडाबाट प्रत्येक वडा बाल सञ्जालबाट ३,३ जनाका दरले ३० जनाको सहभागिता रहेको तालिममा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले र महिला तथा बालबालिका शाखा कर्मचारी सिर्जना भट्टराईले सहजीकरण गर्नुभएको छ ।

