मिलिजुली समूहलाई तालिम - Crazysaptahik.com

मिलिजुली समूहलाई तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरस्थित अपाङ्गता भएकाहरूको मिलिजुली समूहका लागि नेतृत्व तथा क्षमता विकास सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

नगरपालिका कार्यालयको आयोजनामा सम्पन्न तालिममा नेतृत्व र क्षमता विकासका साथै मिलिजुली समूहको भूमिका, सहकारी, लेखा सम्वन्धमा तालिम सम्पन्न गरिएको महिला तथा बालबालिका शाखा कर्मचारी सृजना भट्टराईले जनाउनुभयो ।

१० वडाबाट प्रत्येक वडाको मिलिजुली समूहबाट ३ जनाका दरले ३० जनाको सहभागिता गराइएको तालिममा जिल्ला वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष जीवन बस्नेतले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.