
नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा विशाल राई फर्किएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसिया कप छनोटका लागि विशाललाई टिममा बोलाएका हुन् ।
यसअघि अल्मुताइरीले २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएका थिए । अब बन्द प्रशिक्षणमा २५ खेलाडी रहनेछन् । नेपाली टोलीको बन्द प्रशिक्षण अप्रिल १५ बाट सुरु हुनेछ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
प्रशिक्षणमा डाकिएका खेलाडी
किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, तेज तामाङ, विशाल राई


