पथरीशनिश्चरे २ मा जुत्ता चप्पल तालिम - Crazysaptahik.com

पथरीशनिश्चरे २ मा जुत्ता चप्पल तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–२ मा महिलाहरूका लागि आजबाट जुत्ता चप्पल बनाउने १५ दिने तालिम सुरु भएको छ ।

प्रदेशको सांसद कोषको सहयोगमा पथरी शनिश्चरे महिला फेडेरेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिला हिंसा कम गर्न महिला आत्मनिर्भर वन्नुपर्नेमा जोड दिनु भएको छ ।

फेडेरेशन अध्यक्ष गोमा दहालको अध्यक्षताको कार्यक्रममा, २ नम्बर वडा सदस्य अग्नी गुरुङले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कोषको १ लाख रुपैयाँको बजेटमा तालिम सञ्चालन सुरु गरिएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.