
क्रेजी संवाददाता
पथरी– एशियन लाइफ इन्स्योरेन्स पथरी शाखाले मृतक परिवारलाई दावी रकम भुक्तानी गरेको छ ।
शुक्रबार मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ स्थायी बसोवास गर्ने मृतक बीमित स्वः विष्णुकुमारी लिम्बुको छोरी नबिना सुब्बा लिम्बुलाई शाखाले शुक्रबार एक कार्यक्रम बिच हस्तान्तरण गरेको हो ।
कार्यक्रममा दमक शाखाका शाखा प्रबन्धक शान्तिराम निरौला, पथरी कार्यालय प्रमुख रमेश प्रधान, वडा नम्बर ७ का वडा अध्यक्ष कपिलमणि ढकाल, सोही वडाका वडा सदस्य मैना कुमारी लिम्बु लगायत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

मृतक लिम्बुले एशियन लाइफ इन्स्योरेन्सको पथरी शाखावाट २०७५ साल कार्तिक ३० गते १५ लाख को २० वर्षे ‘जीवन संजीवनी’ वीमा योजना लिनुभएको थियो । अचानक मिति २०७८ साल माघ २८ गते स्वर्गरोहण भएपछि उक्त वीमा बापतको रकम रु १५ लाख र बोनस बापतको रु २ लाख ५८ हजार ७ सय ८९ रुपौयाँ समेत गरी जम्मा १७ लाख ५८ हजार ७ सय ८९ रुपौयाँ मृतककी छोरी नबिना सुब्बा लिम्बुले प्राप्त गर्नुभएको थियो ।


