
क्रेजी संवाददाता
पथरी । नव वर्षको अवसर पारेर पथरीशनिश्चरे–१ रत्न चौकमा मनोहर होटल एण्ड फन पार्कको आज उद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङले यस फन पार्कले पर्यटन प्रवद्र्धनमा एक कोशेढुंगा सावित हुने बताउनुभयो । यस्तैगरी सञ्चारकर्मी अर्जुन जम्नेली राई र समाजसेवी लोकसागर साम्बाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका विशिष्टि अतिथि इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेदप्रकाश गौतम रहनुभएको थियो भने कार्यक्रम सञ्चालन अमिर राईले गर्नुभएको थियो ।
फन पार्कको उद्घाटन प्रमुख अतिथि धनकुमार तामाङ र विशिष्ट अतिथि डिएसपी वेदप्रकाश गौतमले रिबन काटेर संयुक्त रुपमा गर्नुभएको थियो ।

होटलको नयाँ संरचनाका साथमा उद्घाटन गरिएको बाल उद्दान चिल्ड्रेन पार्क उद्घाटन कार्यक्रममा होटलका सञ्चालक टिकाराम राईले बन्दका कारण ३ वर्षपछि मात्र होटल सञ्चालन ल्याउनुपरेको बताउनुभयो ।
आज साँझ ५ देखि ९ बजेसम्म सांगीतिक कार्यक्रम रहेको बताइएको छ । नयाँ वर्षको अवसरमा होटलमा विशेष छुटको पनि व्यवस्था गरिएको होटलले जनाएको छ ।

