नगरका उपप्रमुख सहित न्यायिक समितिका सदस्य सम्मानित - Crazysaptahik.com

नगरका उपप्रमुख सहित न्यायिक समितिका सदस्य सम्मानित

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका न्यायिक समिति जिल्ला हुँदै प्रदेश नं. १ कै उत्कृष्ट हुन सफल भएकोमा कानेपोखरी मिडिया प्रा.लि.ले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

आइतबार पथरीशनिश्चरेको मनोहर होटल एण्ड फन पार्कमा न्याय समितिलाई सम्मान गरेको हो । कार्यक्रममा, नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र बिष्ट र कानेपोखरी मिडिया प्रा.लि.का अध्यक्ष दिनेश सुब्बाले नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोला, न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा र पर्शुराम न्यौपानेलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

जनप्रतिनिधि भई आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा २२ सय भन्दा बढी विभिन्न प्रकारका मुद्दाहरु सहज सम्पादन गरेका थिए । यसअघि जिल्लामा उत्कृष्ट भएका न्यायिक समिति पछिल्लो समयमा १ नम्बर प्रदेशमै उत्कृष्ट बनेको हो ।

मिडिया प्रा.लि.ले पत्रकारितामा रुचि राख्नेहरुका लागि विकास पत्रकारिता, मल्टिमिडिया तथा कानूनी सचेतना सम्वन्धी ४ दिने तालिम प्रदान गरेको छ । तालिमको सन्दर्भ जोड्दै समापनको दिन समितिलाई सम्मान गरेको हो ।

सम्बन्धित खवर