सावित्राको ह्याट्रिकमा एपीएफ सेमिफाइनलमा - Crazysaptahik.com

सावित्राको ह्याट्रिकमा एपीएफ सेमिफाइनलमा

सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम एपीएफ क्लब अन्तिम चारमा पुगेको हो ।

सेमिफाइनलमा अव एपीएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र सरु लिम्बुले एक–एक गोल गरिन् ।

पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गरेकी सावित्राले खेलको ५१ औं मिनेटमा दोस्रो ७४ औं मिनेटमा तेस्रो ७९ औं मिनेटमा चौथो र ९० औं मिनेटमा पाँचौ गोल गरिन् । अनिताले खेलको ६२ औं मिनेटमा सरुले ७५ औ मिनेटमा र सविताले ८९ औं मिनेटमा गोल गरिन् । खेलमा पाँच गोल गरेकी एपीएफपकी सावित्रा भण्डारी ओम्यान अफ द म्याच भइन् ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.