रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन - Crazysaptahik.com

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् ।

३७ वर्षीया रोनाल्डो​ले छोरीको जन्म भने भएको खुलासा गरे । जोडीले पहिले जुम्ल्याहा बच्चाहरूको आशा गरिरहेको बताएका थिए । रोनाल्डोका यस अघि नै चार सन्तान छन् । म्यानचेस्टर युनाइटेडका फरवार्डले आफ्नो नवजात छोराको मृत्यु भएको घोषणा गरेपछि क्रिस्टियानो रोनाल्डोले गोपनीयता मागेका छन् ।

रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ। यो सबैभन्दा ठूलो पीडा हो जुन कुनै पनि आमाबाबुले महसुस गर्न सक्छन्। हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ।

हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ। हामी सबै यस क्षतिमा स्तब्ध भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौँ। हाम्रो बच्चा, तिमी हाम्रो परी हौँ। हामी तिमीलाई सधैँ माया गर्नेछौँ।’

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.