फुलहम प्रिमियर लिगमा बढुवा - Crazysaptahik.com

फुलहम प्रिमियर लिगमा बढुवा

फुलहम प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिप क्लब मंगलबार राति भएको खेलमा प्रिस्टन नर्थ इन्डमाथि ३–० को जित निकाल्दै प्रिमियर लिगमा बढुवा भएको हो ।​ फुलहम चार खेल अगावै प्रिमियर लिगमा बढुुवा भयो ।

गत सिजन रेलिगेसनमा परेको एक सिजनमै फुलहम बढुवा भएको हो । घरेलु मैदानमा फुलहमलाई जित दिलाउन एलेक्सान्डर मिट्रोभिचले दुई गोल गरे । त्यस्तै फाबियो कार्भाल्होले एक गोल गरे । फुलहमले तीनै गोल पहिलो हाफमा गरेको हो ।

जितसँगै फुलहमले ४२ खेलमा ८६ अंक जोडेर शीर्ष स्थानमा उक्लदै बढुवा भयो । पराजित प्रिस्टन ५८ अंक जोडेर १५ औं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.