फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश - Crazysaptahik.com

फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश

फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति ह्यामबर्गर एसभीलाई ३–१ ले हराउँदै पहिलो पटक जर्मन कपको फाइनलमा पुगेको हो । फ्रेइबर्गलाई जित दिलाउन निल्स पिटर्सन, निकोलस होफ्लर र भिकान्जो ग्रिफोले एक–एक गोल गरे ।

उता ह्यामबर्ग एसभीका लागि रोबर्ट ग्लाटजेलले एक गोल फर्काए ।​ फ्रेइबर्गका लागि खेलको ११औँ मिनेटमा निल्स पिटर्सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा निकोलस होफ्लरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

भिकान्जो ग्रिफोले ३५औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमको अग्रता ३–० को बनाए । खेलको ८८औँ मिनेटमा रोबर्ट ग्लाटजेलले ह्यायामबर्गरका एक गोल फर्काए । ​फ्रेइबर्गले अब उपाधिका लागि आरबी लाइपजिग र युनियन बर्लिनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.