पथरीशनिश्चरेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना - Crazysaptahik.com

पथरीशनिश्चरेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा पनि विहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

नगर कार्यालय परिसरमा खडा भएको कार्यालय स्थापनाका क्रम्म बोल्दै नगर प्रमुख दिलीपकुमार राईले बैशाख ३० मा सम्पन्न हुने निर्वाचनमा सवै दल मिलेर धाधली रहित वातावरण सृजना गराउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

श्रम कार्यालय विराटनगरबाट आउनु भएका खगेन्द्र सुवेदी नगरको मुख्य निर्वाचन अधिकृत र कृष्णप्रसाद पौडेललाई सहायक निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ ।

कार्यालय शुभारम्भ कार्यक्रमा नगरमा अस्तित्वमा रहेका दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । वैशाख ११ र १२ गते हुने उम्मेदवारी मनोनयन दर्ताका लागि समयको पालो मिलाउन १० गते निर्वाचन समितिले सर्वदलीय बैठक राख्ने भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.