
क्रेजी संवाददाता
पथरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई भ्रष्ट्राचार मुक्त देश बनाउने अभियानको रुपमा राजनीतिमा आएको बताएका छन् ।
शुक्रबार मोरङको पथरीशनिश्चरेमा आयोजित पार्टी प्रवेश कार्यक्रम अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । प्रतिनिधि सभा सदस्य समेत रहेका लिङ्देनले आफू राजनीति पेशाको रुपमा नभएर जनसेवाको रुपमा काम गर्ने र हालसम्म एक रुँपैया पनि भ्रष्ट्राचार नगरको दाबी गरे । जुनसुकै मन्दिर पसेर भ्रष्टाचार नगरेको कसम खान आफू तयार रहेको उनले सुझाए ।
लिङ्देनले प्रस्न गर्दै भने, के एमाले, कांग्रेस, माओवादीका नेता र जनप्रतिनिधिहरु भ्रष्ट्राचार गरेको छुइन भनेर मन्दिर पस्न तयार छन ?
देश बनाउन आफ्नो पार्टीलाई भोट दिन अनुरोध गर्दै लिङ्देनले भने ‘एमाले, कांग्रेसले देश संचालन गर्दा नेपाल झन संकटमा गइरहेको छ, के देश अझै उनीहरुको हातमा हुँदा देश भ्रष्ट्रचार मुक्त हुन्छ ।’
कार्यक्रममा पार्टी केन्द्रिय प्रबक्ता भक्ति सिटौला, मोरङ जिल्ला अध्यक्ष माधव आचार्य, सदस्य समर राई लगायतको उपस्थिति थियो । हरेन्द्र खत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसको क्रियाशील सदस्य रमेश विष्ट, एमालेका संगठित सदस्य गरी करिव तीन सय बढी राप्रपामा प्रवेश गरेको भन्दै नाम वाचन गरिएको थियो ।

