मदन भण्डारी स्मृति रोड रेस : मुकेश र सन्तोषी पहिलो - Crazysaptahik.com

मदन भण्डारी स्मृति रोड रेस : मुकेश र सन्तोषी पहिलो

मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् । पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे ।

गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोश्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेश्रो भए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् ।

१३ औं सागकी रजत विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड) ले रजत तथा निर्मला केसी (१९ मिनेट ४४.४३ सेकेन्ड) ले कास्य जिते । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार प्राप्त गरे ।

रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो भए । उनको टाइमिङ १७ मिनेट ०९.०७ सेकेन्ड रह्यो ।

ईश्वरचन्द्र बस्नेत (१७ मिनेट २३.१६ सेकेन्ड) दोश्रो तथा विकेश घिमिरे (१७ मिनेट २८.०८) सेकेन्ड तेश्रो बने । छात्रामा निर्धारित लक्ष्य २० मिनेट ३५ सेकेन्डमा पूरा गर्दै सरस्वती बोहरा शीर्ष स्थानमा रहिन् ।

सोनु घतानी (२१ मिनेट ५६.३० सेकेन्ड) दोश्रो तथा अन्जु खड्का (२२ मिनेट ५८ सेकेन्ड) तेश्रो भए । छात्र÷छात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार पाए ।

दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो । दौडमा २ सय ५० प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.