दिल्लीका कप्तान ऋषभलाई जरिवाना - Crazysaptahik.com

दिल्लीका कप्तान ऋषभलाई जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसलाई जरिवाना गरिएको छ । ऋषभ सहित ३ जनालाई आइपीएलले जरिवाना गरेको हो ।

शुक्रबार राति राजस्थान रोयल्सविरुद्धको खेलको अन्तिम ओभरमा ऋषभले हाइ फुलटस बलमा नो बलको माग गरेका थिए । त्यसपछि मैदानमा केही समय विवाद उत्पन्न भएको थियो । ऋषभ पन्त, दिल्लीका सहायक प्रशिक्षक प्रविन अमरे र तीव्र गतिका बलर शार्दुल ठाकुरलाई आइपिएलको नियम अनुसार जरिवाना लागेको हो ।

पन्त र आमरेलाई म्याच फि को शतप्रतिशत र शार्दुल ठाकुरलाई ५० प्रतिशत म्याच फि को जरिवाना लागेको आइपिएलले जनाएको छ । अमरेलाई भने एक खेल पनि प्रतिबन्ध लागेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.