एमालेको तर्फबाट पथरीशनिश्चरेको मेयर मोहन तुम्बापो, उपमेयर देविमाया काफ्ले - Crazysaptahik.com

एमालेको तर्फबाट पथरीशनिश्चरेको मेयर मोहन तुम्बापो, उपमेयर देविमाया काफ्ले

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा मोहन तुम्बापो र उपप्रमुखमा देविमाया काफ्लेलाई उमेद्वारी दिने निर्णय भएको छ ।

तुम्बापो साबिक पथरी गाबिसको अध्यक्ष समेत हुन् । एमाले स्रोेतले भन्यो तुम्बापो र काफ्लेलाई टिकट दिने निर्णय भएको हो । हिजो अबेरसम्म प्रमुखमा ८ र उपप्रमुखमा ४ भन्दा बढीको दाबी थियो ।

नगरमा जनजाति मतदाताको बाहुल्यता बढी भएको कारण जित्ने उमेद्वारलाई उम्मेद्वारी दिइएको स्रोतले जानकारी दियो । गत वर्षको स्थानीय तहको निर्वाचनमा पनि तुम्वापोकै टिकट पाउने चर्चा रहेको थियो ।

सम्बन्धित खवर