युनाइटेडलाई हराउँदै आर्सनल चौथो स्थानमा - Crazysaptahik.com

युनाइटेडलाई हराउँदै आर्सनल चौथो स्थानमा

आर्सनलले युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै च्याम्पियन्स लिग सम्भावना बलियो बनाइएको छ । सोमबार घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन नुनो टाभारेस, बुकायो साका र ग्रान्टी साकाले एक–एक गोल गरे ।

युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । नुनोले खेलको तेस्रो मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।​३२औँ मिनेटमा साकाले पेनाल्टी मार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

रोनाल्डोले ३४औँ मिनेटमा गोल गर्दा युनाइटेड २–१ गोलको अवस्थामा आयो । ५७औँ मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो । युनाइटेडका ब्रुनो फर्नान्डेसले गोलमा परिणत गर्न सकेनन् ।त्यसपछि १७औँ मिनेटमा ग्रान्टीले गोल गर्दै आर्सनललाई ३–१ गेलको जित दिलाए ।

जितसँगै आर्सनल ३३ खेलबाट ६० अंक जोडेर तालिकाको चौथो स्थानमा छ । पराजित युनाइटेड ३४ खेलबाट ५४ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.