
क्रेजी संवाददाता
पथरीशनिश्चरे । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे नगरपालिकामा माओवादी, जसपा र एकीकृत समाजवादीबीच तालमेल हुनेभएको छ ।
तीन दलीय गठबन्धनबाट मेयर पदका लागि माओवादीका दिनानाथ तिम्सिना (डी.एन.)लाई मेयरको उम्मेद्वार र एकीकृत समाजवादीकी बिन्दु राईलाई उपमेयरको उम्मेद्वार बनाइएको एकीकृतका नगर सभापति तुलसी ढकालले जानकारी दिनुभयो ।
तिम्सिना माओवादी पार्टीका प्रदेश सदस्य एवं नगर इञ्चार्ज हुन् भने राई जिल्ला कमिटी सदस्य हुन् । यसैगरी १० वटा वडामा अध्यक्षका उम्मेद्वारहरु तीनै पार्टीबाट बाडफाड गरिएको जानकारी दिइएको छ ।

