
क्रेजी संवाददाता
पथरीशनिश्चरे । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे नगरपालिकामा नेपाली कांग्रेसको लामो सकसपछि मेयर र उपमेयरको उम्मेद्वारको टुङ्गो लागेको छ ।
नेपाली कांग्रेसले मेयरमा पूर्व महाधिवेशन प्रतिनिधि पथरीशनिश्चरे–१ निवासी नगेन्द्र लिम्बु र उप–मेयरमा पथरीशनिश्चरे ९ कै केन्द्रीय महाधिवेशन प्रतिनिधि कविता पराजुलीलाई उम्मेद्वार बनाएको छ ।
गठबन्धन गर्ने लामो प्रयास पश्चात् नेपाली कांग्रेस पथरीशनिश्चरेले गठन्बन्धन नगर्ने निर्णय गरेर मेयर र उप–मेयर साथै १० वटै वडामा उम्मेद्वारहरुको निर्णय गरिसेकेको नगर सचिव सन्तोष कटुवालले जानकारी दिए ।
यसैगरी नेपाली कांग्रेसले वडा नं. १ मा राजेन्द्र बस्नेत, २ मा टिका तामाङ, ३ मा विजय लिम्बु, ४ मा लोककिरण न्यौपाने, ५ मा चेतन खड्का, ६ मा कृष्ण बस्नेत, ७ मा जितन राई, ८ मा टेकबहादुर थापा, ९ मा वीरबहादुर राई र १० नं. मा भुवन थापालाई वडाध्यक्षको उम्मेद्वार बनाइसकेको छ ।

