पथरीशनिश्चरेमा स्थानीय तह सदस्य निर्वाचनका लागि दलहरुले उम्मेद्वारी दर्ता गराए - Crazysaptahik.com

पथरीशनिश्चरेमा स्थानीय तह सदस्य निर्वाचनका लागि दलहरुले उम्मेद्वारी दर्ता गराए

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस सहितका दलहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।

हाल सरकारको गठवन्धनमा रहेको नेपाली कांग्रेस बाहेकका तिन दलले गठवन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादीबीच गठवन्धन भएको हो । जसमा प्रमुखमा माओवादीबाट दिननाथ तिम्सिना र उपप्रमुखमा नेकपा समाजवादीबाट विन्दु राईको उम्मेदवारी परेको छ । माओवादीबाट वडा नम्बर ४, ७, ९ र १० मा वडाध्यक्षको उम्मेदवारी दिएका छन् । वडा नम्बर ६ मा माओवादी र जनता समाजवादी दुवैले उम्मेदवारी दिएका छन् । जनता समाजवादीबाट वडा नम्बर ३ मा उम्मेदवारी दिइएको छ ।

नेकपा एमालेबाट प्रमुखमा पथरी गाविसका पूर्व अध्यक्ष मोहन तुम्वापो र उपप्रमुखमा पुरानो कार्यकर्ता हसन्दहकी देवीमाया काफ्लेको उम्मेदवारी परेको छ । नगर प्रमुख र उपप्रमुखको उम्मेदवार छनौटमा सोमबार दिउँसोसम्म सकस परेको नेपाली कांग्रेसबाट प्रमुखमा नगेन्द्र सुब्बा र उपप्रमुखमा कविता पराजुलीको नाम टुंगो लागेपछि उनीहरुले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा सम्मर राई र मंगोल नेशनल अर्गनाइजेसनबाट नगर प्रमुखमा पूजन राईले उम्मेदवारी दिएका छन् ।

एमालेबाट वडा नम्बर १ देखि १० सम्ममा क्रमश ः भीमकुमार राई, नैनासिंह राई, घनश्याम कोइराला, प्रेमप्रसाद न्यौपाने, उमानाथ अधिकारी, निर्मल कटुवाल, उद्धवराज वस्नेत, नवीनजंग कार्की, भानुभक्त राई र जीवन खतिवडा वडाध्यक्षको उम्मेदवार बनेका छन् । जसमध्ये भानुभक्त राई ९ नम्बरका निवर्तमान वडाध्यक्ष हुन् ।

नेपाली कांग्रेसबाट वडा नम्बर १ देखि १० सम्म क्रमशः राजेन्द्र वस्नेत, टीका तामाङ, विजय सुब्बा, लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, कृष्ण बस्नेत, जीतन राई, टेकबहादुर थापा, वीरबहादुर राई र भूवन थापा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् । पहिलो दिन आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेसन तथा स्वतन्त्र गरी कूल ७५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.