
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि ६ दल र स्वतन्त्र समेत गरी २ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छ्न ।
जसमा, नगर प्रमुखमा २ स्वतन्त्र सहित ८ जना, उपप्रमुखमा १ स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता गराएएका छन् । वडाध्यक्षमा ५८, खुला सदस्यमा १ सय १४, महिला सदस्यमा ५१ र दलित महिला सदस्यमा ४५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले जनाउनुभयो । उम्मेदवारको सूची प्रकाशित गरिएको छ ।

