
क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. १० ले आज सम्पर्क कार्यालय र पार्टी वडा कार्यालयको समुद्घाटन गरेको छ ।
स्थानीय निर्वाचनलाई लक्षित गरी वडा नं. १० को टोल नं. ४ मंगलबारे डाँडामा पार्टी कार्यालय र टोल नं. २ को त्रिवेणी चौकमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको वडा सचिव सन्जय राईले जानकारी दिए ।

समुद्घाटन कार्यक्रममा नेकपा एमाले पथरीशनिश्चरेका मेयरका उम्मेद्वार मोहनप्रसाद तुम्पापो, उपमेयरकी उम्मेद्वार देविमाया काफ्ले, वडा नं. १० का अध्यक्षका उम्मेद्वार जीवन खतिवडा, सदस्यहरु विकास तामाङ, दिलबहादुर कार्की, मनकुमारी बिक, मिना तामाङ लगायतको उपस्थिति रहेको थियो ।
यस्तै एमालेका केन्द्रीय सदस्यीय युवराज बास्कोटा, प्रदेश सदस्य डम्बर चेम्जोङ लगायतले मन्तव्य राखेका थिए ।

