क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरेले वडा नं. ३ बाट घरदैलो अभियान सुरु गरेको छ । सबै उम्मेद्वारको मनोनयन दर्ता गराएपछि एमालेले आजबाट घरदैलो अभियान शुभारम्भ गरेको हो ।
आफ्ना एजेन्डा जनता समक्ष पुर्याउन एमालेले १० वटै वडाका टोल टोलसम्म अभियान सञ्चालन गर्ने नगर अध्यक्ष रमेश दाहालले जानकारी दिए ।
आज पथरीशनिशचरे ३ को आइतबारे विरेन्द्रनगरबाट घरदैलो अभियान सुरु भएको हो । यस्तै सुवेदी चौक, कसेनी, ढकाल चौक, श्रीजंघा चौक हुँदै किराती चौक हुँदै ३ वटाभरि घरदैलो कार्यक्रम भएको वडाध्यक्ष गणेश बाछानाले जानकारी गराए ।
घरदैलो कार्यक्रममा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुखका उम्मेद्वार देवीमाया काफ्ले, वडाध्यक्षका उम्मेद्वार घनश्याम कोइराला, महिला सदस्य माया पैजो गुरुङ, दलित महिला सदस्य मैया विश्वकर्मा, सदस्य मोहनप्रसाद गौतम, सदस्य शिवकुमार प्रधान घरदैलोमा जुटेका छन् ।
एमालेका उम्मेद्वारलाई विजयी गराउन आह्वान गर्दै केन्द्रीय सदस्य युवराज बास्कोटा (यज्ञ), पथरीशनिश्चरेकी नगर उप–प्रमुख यमुना बिष्ट बास्तोला लगायतका एमालेका नेता कार्यकर्ताहरुको ठूलो माहोलले साथ दिएका थिए ।