पथरीशनिश्चरे १० मा काङग्रेसको चुनावी प्रचार तिव्र - Crazysaptahik.com

पथरीशनिश्चरे १० मा काङग्रेसको चुनावी प्रचार तिव्र

क्रेजी संवाददाता
पथरी । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा प्रायः सबै दलहरुले चुनावी प्रचारलाई तिव्रता दिएको छ । पथरीशनिश्चरे वडा नं १० मा नेपाली कांग्रेसले यस पटक भने प्यानल नै जिताउने लक्ष्य लिएको छ ।

नगर र वडामा काङग्रेसको प्यानल जिताउन वडा समिति र उम्मेद्वारहरुले तिव्र गतिमा प्रचार प्रसारको सुरुवात गरेका छन् । कांग्रेसले यस पटक वडाध्यक्षको उम्मेद्वारमा जुझारु युवा भुवन थापालाई अघि सारेको छ । यस्तै खुल्ला सदस्यमा विरबहादुर बस्नेत, कविराज चेम्जोङ, महिला सदस्यमा इन्द्रकुमारी लिम्बु र दलित महिला सदस्यमा शान्ति विश्वकर्मालाई उम्मेद्वार बनाएको छ ।

अहिले उम्मेद्वारहरु घरदैलोमा ब्यस्त हुन थालेका छन् । काङग्रेस वडा कार्यसमिति र उम्मेद्वारहरुले युवा, महिला, वृद्ध, दलित सबैलाई अघि राखेर घरदैलो अभियान सुरुवात गरेको छ । अघिल्लो चुनावमा वडाध्यक्ष मात्र जिताउन सफल भएको कांङग्रेसले यस पटक प्यानल नै जिताउने दावी गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.