मुख्य लक्ष्य नै सिरिज जित्नु हो :कप्तान सन्दीप - Crazysaptahik.com

मुख्य लक्ष्य नै सिरिज जित्नु हो :कप्तान सन्दीप

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले जिम्बावे एसँगको सिरिज जित्ने टिमको लक्ष्य भएको बताएका छन् । जिम्बावे ‘ए’ विरुद्धको खेलअघि पत्रकारसँग बोल्दै सन्दीपले टिमको मुख्य लक्ष्य सिरिज जित्नु भएकोले त्यसै अनुसार तयारी गरिरहेको बताए ।

साथै उनले टिमले यो सिरिजलाई एक्स्पेरिमेन्टका रुपमा नहेरेको प्रतिक्रिया दिएका छन् । ‘सिरिज जित्ने मुख्य लक्ष्य हो । जिम्बावे ए पनि बलियो टोलीको रुपमा ठानेका छौं । यो सिरिज जितेर समर्थकलाई खुसी दिलाउने योजना छ,’ सन्दीपले भने ।

सन्दीपले जिम्बावेविरुद्धको खेल कुनै एक्स्पेरिमेन्ट नहुने जोड दिए । बलियो टोली विरुद्धको खेल सँधै महत्वपूर्ण हुने उनले बताए । ‘हामीले पूर्ण रुपमा बलियो टोली तयार गरेका छौं । यो कुनै एक्सपेरिमेन्टको रुपमा हामीले हेरेका छैनौं,’ सन्दीपले भने ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग सिरिज खेल्दैछ । उक्त खेलको तयारीका लागि यो सिरिज अभ्यासका रुपमा हरेको छ । नेपाल र जिम्बावे ‘ए’ सिरिजअन्तर्गत एकदिवसीय सिरिजको पहिलो खेल शनिबार त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सम्बन्धित खवर