पथरीशनिश्चरेमा एमालेको घरदैलोमा बढ्दो जनलहर - Crazysaptahik.com

पथरीशनिश्चरेमा एमालेको घरदैलोमा बढ्दो जनलहर

क्रेजी संवाददाता
पथरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि मोरङको पथरी शनिश्चरेमा नेकपा एमालेले उम्मेदवार सहितको घरदैलो कार्यक्रम तीव्र गतिमा अघि बढाएको छ । यसले एमालेप्रति बढ्दो जनलहर देखिएको छ ।

नगर प्रमुख र उपप्रमुखका उम्मेदवार सहित वडा वडामा घरदैलो गर्ने नगरस्तरीय कार्यक्रम आज ४ नम्वर वडामा सम्पन्न भएको छ । नगर प्रमुखका उम्मेदवार मोहनप्रसाद तुम्वापो र उपप्रमुखका उम्मेदवार देवीमाया काफ्ले तथा वडाध्यक्षका उम्मेदवार प्रेमप्रसाद न्यौपाने, सदस्यका उम्मेदवारहरु कल्पना श्रेष्ठ, मीना विश्वकर्मा, उपेन्द्रबहादुर कार्की र भक्तबहादर राउत सहितको पार्टीको टोलीले घरदैलो गरेको छ । वडा नं. ४ कै कुशल बजारमा कोणसभामा पनि भएको छ । सो कोणसभामा प्रमुख पदका उम्मेद्वार तुम्वापो र उप–प्रमुखकी उम्मेद्वार काफ्लेले वडावासीलाई सम्बोधन गर्दै विगतमा पूरा नभएका कार्यहरु पूरा गर्ने अठोट व्यक्त गरे ।

यस्तै वडा नं. १० मा वडाध्यक्षका उम्मेदवार जीवन खतिवडा, सदस्यका उम्मेदवारहरु मिनाकुमारी तामाङ, मनकुमारी विश्वकर्मा, दिलबहादुर कार्की र विकास तामाङका साथमा पार्टीका प्रदेश कमिटी सदस्य डम्बर चोङवाङ, वडा कमिटी अध्यक्ष पर्वत थापा, सचिव सञ्जय राई सहित पार्टीका अगुवा कार्यकर्ता, पार्टी सदस्य, शुभचिन्तकहरुको उपस्थितीमा नाचगान सहितको घरदैलो भएको हो ।

विगत लामो समयदेखि लगातार पार्टीको जिल्ला सदस्य रहेर सक्रिय र सामाजिक काममा सवैको उत्तिकै प्रीय बनेका पुराना तथा अनुभवी अध्यक्षका उम्मेदवार जीवन खतिवडाको अगुवाईको सामाजिक कार्यमा सक्रिय युवा पुस्ता सहितको टिमका लागि जनलहर सृजना भएको छ ।

यसरी नै पथरीशनिश्चरेका १० वटै वडामा घरदैलो कार्यक्रम निरन्तर रुपमा भइरहेको छ ।

सम्बन्धित खवर