पथरीशनिश्चरे–८ मा एमालेको घरदैलो र कोणसभा - Crazysaptahik.com

पथरीशनिश्चरे–८ मा एमालेको घरदैलो र कोणसभा

अनमोल समाचारदाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ८ ले आज जम्बो टिम सहित घरदैलो कार्यक्रम एवं कोणसभाको आयोजना गरेको छ ।

नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुखको उम्मेद्वार देवीमाया काफ्ले, वडा नं. ८ का वडा अध्यक्षका उम्मेद्वार नविनजंग कार्की, सदस्यहरु शान्ता मगर (योङहाङ), शिवकुमारी विश्वकर्मा, झमककुमार कुरुम्बाङ (लिम्बु) र बाबुराम चौधरीले भोट माग्दै घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

यसैगरी पथरीशनिश्चरे वडा नं. ८ को मंगलबारे, शुक्रबारे र सोमबारेमा कोणसभाको आयोजना गरिएको थियो । मंगलबारेको कोणसभामा माननीय भानुभक्त ढकाल, मेयर पदका उम्मेद्वार तुम्वापो, उप मेयरका उम्मेद्वार देवीमाया काफ्ले र वडा अध्यक्षका उम्मेद्वार नविनजंग कार्कीले आफ्ना कुरा राखेका थिए ।

यसरी नै पथरीशनिश्चरेका १० वटै वडामा घरदैलो कार्यक्रम निरन्तर रुपमा भइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.