एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पाँचौं संस्करण आगामी कार्तिक २६ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना गर्न स्वीकृत दिएको हो ।
ईपीएलका संस्थापक तथा सीईओ आमिर अख्तरले यो संस्करणको ईपीएल अघिल्ला वर्षहरुभन्दा निकै रोमाञ्चक हुने बताएका छन् । नेपाली क्रिकेटलाई बलियो बनाउने आधार नै ईपीएल भएकाले यसको बेग्लै महत्व भएको अख्तरले बताए ।
यस्तै विश्वभरका दर्शक र पहुँच बनाउन ईपीएलको यस संस्करण मुख्य भारतीय टिभी नेटवर्क, पाकिस्तान, बंगलादेश र अन्य थुप्रै देशमा प्रत्यक्ष प्रसारणको लागि तयारी भइरहेको आयोजकले जनाएको छ ।