छैटौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपालले चौंथो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराएर हराएको हो ।
हेल्प नेपालले पुलिसमाथि २५–२३, २५–२३ र २५–२३ को सेटमा जित निकालेको हो । जितसँगै हेल्प नेपालको ११ अंक भएको छ । यस्तै सेनाको १२ अंक भएको छ । यता पुलिसको यो पहिलो हार हो ।
पुरुषतर्फ नै यसअघि भएको खेलमा गल्कोट स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा हराएको थियो । गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो ।
जितसँगै गलकोटको २ अंक भएको छ भने ढोरपाटनको १ अंक भएको छ । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।