राष्ट्रिय भलिबल : पुलिसविरुद्ध आर्मीको पुनरागमन जित - Crazysaptahik.com

राष्ट्रिय भलिबल : पुलिसविरुद्ध आर्मीको पुनरागमन जित

सुरुवाती एक सेटले पछि परेको स्थिति उल्टाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पाँचौं जित निकाल्ने क्रममा आर्मीले पुलिस क्लबलाई १७–२५, २५–२०, ३०–२८, २५–२३ हराएको हो । राष्ट्रिय टोली र अनुभवी खेलाडीको बाहुल्यता रहेको दुबै टोलीको खेल निकै नै प्रतिस्पर्धात्मक बनेको थियो ।

जितसँगै आर्मीले ५ खेलबाट १५ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पराजित पुलिसको ५ खेलबाट ९ अंक छ । शुक्रबार नै भएको पहिलो खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा पराजित गरे ।

लगातार पाँचौं जित निकाल्ने क्रममा हेल्प नेपालले २५–१५, २५–१३, २५–२१ अंक जोड्यो । प्रतियोगितामा लगातार पाँच जित निकालेको हेल्प नेपाल १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको गल्कोटले दुई अंक जोडेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.