क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा नेकपा एमालेका भीमकुमार राई विजयी भएका छन् ।
माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी सहित ३ दलीय गठबन्धन र नेपाली कांग्रेसलाई पराजित गर्दै राईले जित हात पारेका हुन् ।
विजयी भएका राईले १९०७ मत प्राप्त गरे । यस्तै विजयी सदस्यहरु सुरेशकुमार कार्कीले १६७७, पूर्णबहादुर कार्कीले १६०२, वसुन्धरा गुरुङले १८२७ र आरती विश्वकर्माले १७६२ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार राजेन्द्र बस्नेतले १४५८, एकीकृत समाजवादीका धनप्रसाद लिम्बुले ५५४, राप्रपाका महेन्द्र कार्कीले २५५, मंगोल नेशनल अर्गनाइजेसनका गणेशप्रसादले घलेले ११८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका जीतबहादुर लावतीले ५४ मत प्राप्त गरेका छन् ।