पथरीशनिश्चरे ८ मा एमालेको प्यानलै अत्यधिक मतले विजयी - Crazysaptahik.com

पथरीशनिश्चरे ८ मा एमालेको प्यानलै अत्यधिक मतले विजयी

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा नेकपा एमालेको वडा अध्यक्ष नविन कार्की सहित प्यानलै विजयी भएको छ ।

कार्कीले १७१४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर थापाले ९५८ मत मात्र प्राप्त गरे । कार्कीले थापालाई ७५६ मतको अन्तरले पराजित गरेको हो । नविन विजयी हुने वडा अध्यक्षहरु मध्ये सबैभन्दा कान्छा वडा अध्यक्ष हुन् ।

यस्तैगरी क्रमशः विजयी हुने सदस्यहरु झमकबहादुर लिम्बुले १४७१, बाबुराम चौधरीले १४४१, शान्ता योङहाङले १५३३, शिवकुमारी विश्वकर्माले १५१५ मत प्राप्त गरेका छन् ।

अघिल्लो चुनावमा यस वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो ।

सम्बन्धित खवर