पथरीशनिश्चरेको प्रमुख र उपप्रमुखमा एमालेको तुम्वापो र काफ्ले विजयी - Crazysaptahik.com

पथरीशनिश्चरेको प्रमुख र उपप्रमुखमा एमालेको तुम्वापो र काफ्ले विजयी

क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरेले आफ्नो जितलाई यस पटक पनि कायम राख्दै स्थानीय तहको निर्वाचनमा विजयी भएको छ ।

नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेका मोहनप्रसाद तुम्वापो र देवीमाया काफ्ले निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्‍मेदवार नगेन्द्रबहादुर सुब्बा र माओवादी केन्द्रका उम्मेदवार दिनानाथ तिम्सिनालाई हजार बढी मतान्तरले हराउँदै तुम्वापो मेयरमा निर्वाचित भएका हुन् ।

एमालेका उम्‍मेदवार तुम्वापोले १२ हजार ९ सय ५६ मत ल्याउँदा कांग्रेसका सुब्बाले ११ हजार १ सय ४६ र माओवादी केन्द्रका तिम्सिनाले ३ हजार २ सय ७६ मत मात्र प्राप्त गरेका हुन् ।

यस्तैगरी उपप्रमुखमा एमालेकै देवी माया काफ्लेले ११ हजार ७ सय ४७ मत सहित निर्वाचित भएकी छिन् । काफ्लेका निकटतम प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार कविता पराजुलीले ११ हजार ३ सय ९० मत र एकीकृत समाजवादीकी विन्दा देवी राईले ४ हजार १४ मत मात्र प्राप्त गरेकी थिइन् ।

पथरीशनिश्चरेमा माओवादी, जसपा र समाजवादीको तीन दलीय गठबन्धन भएको थियो भने नेपाली कांग्रेस, एमाले सिंगल चुनावी मैदानमा उत्रिएको थियो ।

सम्बन्धित खवर