पथरीशनिश्चरेमा निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण - Crazysaptahik.com

पथरीशनिश्चरेमा निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण

क्रेजी संवाददाता
पथरी । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित मोरङको पथरी शनिश्चरे नगरका पदाधिकारीहरुलाई निर्वाचन अधिकृतको कार्यालयले आज प्रमाणपत्र वितरण गरेको छ ।

नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा, निर्वाचन अधिकृत खगेन्द्र सुवेदीको अगुवाईमा नगर प्रमुखमा निर्वाचित मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्ले सहित १० वटा वडाका वडाध्यक्ष, सदस्य सहितका ५२ जना जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको हो ।

सहायक निर्वाचन अधिकृत पुण्यप्रसाद पौडेल सहित राजनीतिक दलका प्रतिनिधि, नगरको निमित्त प्रशासन प्रमुख, सुरक्षा अधिकारी सहितको उपस्थितीमा प्रमाणपत्र वितरण गरिएको थियो ।

वडा नम्बर १ मा भीमकुमार राई, २ मा नैना राई, ३ मा विजय लिम्बू, ४ मा लोकनाथ न्यौपाने, ५ मा चेतेन्द्र खडका, ६ मा कृष्णकुमार बस्नेत, ७ मा उद्धवराज वस्नेत, ८ मा नवीन कार्की, ९ मा वीरबहादुर राई र १० मा जीवन खतिवडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

जिल्ला न्यायाधिसबाट भोली नगर प्रमुखले सपथ ग्रहण गरेपछि पर्सी नगर प्रमुखले अन्य पदाधिकारीलाई सपथ ग्रहण गराई कार्यकाल आरम्भ गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित खवर