जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा - Crazysaptahik.com

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

साविकका विजेता नोभाक जोकोभिचलाई ६–२ ,४–६,६–२,७–६(७–४) को सेटमा पराजित गर्दै राफेल नाडाल १५ औँ पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् । फ्रेन्च ओपनको पछिल्लो नौ भेटमा नाडालले दुई पटक मात्र जोकोभिचलाई नतिजा सुम्पिएका छन् ।

कीर्तिमानी २१औँ पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना गर्नेछन् । जर्मनीनका एलेक्जेन्डरले सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा मंगलबार कार्लोस अल्काराजलाई हराएका थिए ।

नाडालसँगको हारपछि जोकोभिचको २१औँ ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यले समेत पूर्णता पाएन । जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् । ​

नाडालले गत वर्ष फ्रेन्च ओपनको सेमिफाइनलमा जोकोभिचसँग हारको बदलासमेत लिएका छन् । नाडालले फ्रेन्च ओपनमा आफ्नो दबाब कायम राख्ने क्रममा कुल एक सय १३ खेलमा एक सय १० खेल जितेका छन् ।

 

सम्बन्धित खवर