एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको नेपाल समूह ‘बी’ मा - Crazysaptahik.com

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको नेपाल समूह ‘बी’ मा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा समूह ‘बी’ मा परेको छ । एसियन क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘बी’ मा परेको हो ।मलेसियामा आयोजना हुने च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ ।

नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् । नेपाली टोलीले केही दिनमा नै प्रशिक्षण थाल्नेछ ।

सम्बन्धित खवर