युइएफए नेसन्स कपमा पोल्यान्डको विजयी सुरुवात - Crazysaptahik.com

युइएफए नेसन्स कपमा पोल्यान्डको विजयी सुरुवात

वेल्सलाई २–१ अन्तरले हराउँदै बुधवारदेखि सुरु भएको युइएफए नेसन्स कपमा पोल्यान्डले विजयी सुरुवात गरेको छ । खेलमा ५२ औँ मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता लिएको थियो । तर, ७२औँ मिनेटमा जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए ।

यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा करोल स्विडरस्कीले निर्णायक गोल गर्दै पोल्यान्डको जित निश्चित गरे । जितसँगै तीन अङ्क जोडेको पोल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा पोल्यान्ड र वेल्ससँगै बेल्जियम र नेदरल्यान्ड्स छन् ।

 

सम्बन्धित खवर