मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात - Crazysaptahik.com

मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीबारबाट हेटौंडामा चौथो सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमराले विजयी सुरुवात गरेको छ ।

सिमराले बागमती युवा क्लब सर्लाहीलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिमराको जितमा विवेक चौधरीले ८ औं मिनेटमा कृपाकान्त चौधरीले ८० औं मिनेटमा गोल गरेका थिए । सिमराले जेठ २५ गते घरेलु टोली विजय यूथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको म्यान अफ द म्याच सिमराका विवेक चौधरी घोषित भए ।

सम्बन्धित खवर