डिबालालाई भित्र्याउने इन्टरको तयारी - Crazysaptahik.com

डिबालालाई भित्र्याउने इन्टरको तयारी

अर्जेन्टिनी प्लेमेकर पाउलो डिबालालाई इटालियन क्लब इन्टर मिलानले अनुबन्ध गर्ने तयारी गरेको छ । इन्टरले यो हप्ता डिबलाका एजेन्टसँग छलफल गर्ने तयारी गरेको पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन् । यसबारे ठोस कुराकानी बाँकी रहेको उनको भनाइ छ ।

अर्को इटालियन महारथी युभेन्टस छाडेका डिबाला नयाँ चुनौतीको खोजीमा रहेका छन् । २८ वर्षीय खेलाडी अहिले फ्रि–ट्रान्सफरमा उपलब्ध छन् । डिबालालाई इंग्लिस क्लब टोटनहम हटस्पर्स र म्यानचेस्टर युनाइटेडले भित्र्याउन खोजे पनि उनले तलबबापत मोटो रकम माग गरेपछि दुई क्लब पछि हटेको बेलायती मिडियाले जानकारी दिएको छ ।

सन् २०१५ मा युभेन्टससँग अनुबन्ध भएका डिबालाले क्लबका लागि २१० खेल खेल्दै ८२ गोल गरेका छन् । त्यसअघि २०१२ देखि २०१५ सम्म पालेर्मोमा बिताएका नले ८९ खेलबाट २१ गोल गरेका थिए ।

सम्बन्धित खवर