विपन्न परिवारका विद्यार्थीहरूलाई साईकल वितरण - Crazysaptahik.com

विपन्न परिवारका विद्यार्थीहरूलाई साईकल वितरण

ईस्वर दुलाल
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ ले विपन्न वर्गका विद्यार्थीहरूलाई आज साईकल वितरण गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत् विपन्न परिवारको विद्यार्थीहरूलाई साईकल वितरण गरेको हो ।

वडाले कुक तालिम तथा साईकल वितरण शीर्षकमा रहेको बजेटबाट वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो । १ लाख ९० हजार बराबरको कुक तालिम साथै १ लाख बराबरको साईकल वितरण गरेको हो । कुक तालिममा १५ जना सहभागी थिए भने १२ जना विपन्न वर्गका विध्यार्थीहरूलाई साईक वितरण गरेको थियो ।

युवाहरूमा आत्मा निर्भरता बढोस् भन्ने उदेश्यले कुक तालिमको आयोजना गरिएको साथै बिपन्न परिवाका छात्रा छात्रालाई बिध्यालय आवत जावतमा सहज होस तथा विध्यार्थीहरूलाई हौसला वृद्दिहोस् भन्ने हेतुले सो कार्यक्रम आयोजना गरिएको नगर उपप्रमुख देवीमाया काफ्लेले जानकारी दिनु भयो ।

युवाहरूलाई आत्मा निर्भरता बनाउने तथा विद्यार्थीहरूको हौसला बढाउन वडा कार्यालयले यस्ता किसिमका कार्यक्रमहरू ल्याउने वडाका अध्यक्ष वीरबहादुर राईले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष वीरबहादुर राई, सदस्यहरू मन्जु राई, गणेश वनेम, जंगबहादुर कार्की, कृष्णमाया नेपाली, समाजसेवी पर्शुराम कार्की लगायतको उपस्तिथि रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.