नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य - Crazysaptahik.com

नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपाललेकुवेतलाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो । नेपालका लागि कप्तान रुबिना छेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन् ।

त्यस्तै इन्दु बर्माले २८ रन बनाउँदा ज्योती पाण्डेले १५ रन जोडिन् । नेपालकी विन्दु रावलले ११ रनको योगदान गरिन् । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एक एक विकेट लिइन् ।

आजको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा छ । नेपाल लगातार दोस्रो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.