जनप्रतिनिधिहरुलाई स्वागत सम्मान - Crazysaptahik.com

जनप्रतिनिधिहरुलाई स्वागत सम्मान

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पछिल्लो पटक वडा नम्बर १ र ५ मा स्वागत सम्मान गरिएको छ ।

वडा नम्बर १ स्थित शान्ति भजन किर्तन मण्डलीले नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, वडाध्यक्ष भीमकुमार राई सहितका जनप्रतिनिधिलाई स्वागत सम्मान गरेको छ ।

यस्तै, वडा नम्बर ५ स्थित अमरसिंह माध्यामिक विद्यालयले नगर प्रमुख तुम्वापो, उपप्रमुख काफ्ले सहित ५ नम्बर वडाध्यक्ष चेतेन्द्र खड्का, ६ नम्बर वडाध्यक्ष कृष्णबहादुर वस्नेत सहितका वडाका जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरेको छ ।

सम्बन्धित खवर