उर्लाबारीमा रमझमका साथ आदिवासी जनजाति फुड फेष्टिबलको समापन - Crazysaptahik.com

उर्लाबारीमा रमझमका साथ आदिवासी जनजाति फुड फेष्टिबलको समापन

क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारीमा भएको तीन दिने आदिवासी जनजाति फुड फेष्टीबल भव्यताका साथमा सम्पन्न भएको छ ।

असार ३ गतेबाट संचालनमा आएको फुड फेष्टिबल ५ गते आजसम्म भव्य रमझमका साथ सञ्चालन भएको थियो । फेष्टिबलको समापन कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले भन्नुभयो ‘आदिवासी जनजातिको प्रवद्र्धनमा नगरपालिका प्रतिबद्ध रहेको छ ।’

आदिवासी जनजाति महासंघ नगर समन्व्य परिषद् उर्लाबारीको आयोजनामा भएको ‘प्रथम आदिवासी जनजाति फुड फेष्टिबल तथा साँस्कृतिक कार्यक्रम’ को समापन समारोहमा बोल्दै नगर प्रमुख खरेलले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा नगर उपप्रमुख मिना खतिवडा, महासंघका सल्लाहकार रुद्रबहादुर तामाङ, संस्थापक अध्यक्ष रामकुमार राई, नित्यान्द ताजपुरीया लगायतको पनि आतिथ्यता रहेको संस्थाका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक शमसेर लिम्बुले जानकारी गराउनुभयो ।

आदिवासी जनजातीहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको महासंघका नगर अध्यक्ष मणिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, नेवार, सन्थाल, दनुवार सहित स्थानीय जातजातीका मौलिकता सहित स्थानीय गायक नन्दु गुरुङ र सुरेश धिमालले गीत प्रस्तुत गरेर मनोरञ्जन दिएको संस्थाका सचिव नारायण राईले जानकारी दिनुभयो ।

पराम्परागत खानाका परिकारहरु राखिएको र उर्लाबारी नगरपालिकाले प्रवद्धनका लागि आर्थिक सहयोग गरेको संस्थाका कोषाध्यक्ष रिता तामाङले जानकारी दिनुभयो ।

सम्बन्धित खवर