कसैलाई प्रेम प्रकट गर्न चाहानुहुन्छ, एकपटक अवश्य पढ्नुहोस्... 'प्रेमको महसुस' - Crazysaptahik.com

कसैलाई प्रेम प्रकट गर्न चाहानुहुन्छ, एकपटक अवश्य पढ्नुहोस्… ‘प्रेमको महसुस’

क्रेजी सप्ताहिक
प्रेम एक मिठो अनुभूति हो । प्रेमको वर्षातमा हरकोही एकपटक रुझ्न चाहन्छ । हुनत प्रेम मात्र दुइ अक्षरको छ तर जब कोहि यो प्रेममा डुब्छ तब मात्र उसलाई महसुस हुन्छ कि प्रेम कति बिसाल छ भनेर । प्रेमको मतलब दुइ मुटुहरुको मिलन हुन्छ, दुइ आत्माहरुको मिलन हुन्छ । यदि तपाईं पनि कसैलाई मायाँ गर्नुहुन्छ र उसलाई पनि तपाइंको प्रेमको महसुस गराउन चाहनुहुन्छ भने आउनुहोस् प्रेमील कुराहरु पढौँ ।

केटीले उनको सुन्दरताको तारिफ सुन्न मनपराउँछन्, त्यसैले खुलेर उनको प्रशंसा गर्नुहोस् तर उनलाई सुरुमै सेक्सी वा हट नभन्नुस । आफ्नो जीवन साथीले आफुलाई “तिमि सुन्दर छौ” भनेको खुब मन पराउछन केटि मान्छेहरु । यस्तो सुन्दा उनीहरुको मन खुशीले गदगद हुनेगर्छ । हुन पनि त केटि मान्छेहरु आफ्नो प्यारो मान्छेको लागि राम्री देखिन कै लागि कति मेहनत पनि गर्छन । उसलाई आफ्नो परिवार र साथीहरूसँग भेटाउनुहोस, ताकि उसको मनमा तपाइँ प्रति विश्वास बढ्नेछ र उसले तपाईंको मित्रतालाई स्वीकारेर तपाइँलाइ आफ्नो दिलमा खास स्थान दिनेछिन । आफ्नो घर परिवार वा साथीहरु संग उनलाई बेलाबेला भेट गराउदै गर्नाले उनले तपाइंको बारेमा अझ राम्रो संग जान्ने मौका पाउछिन् अनि तपाईं उनलाई कति माया गर्नुहुन्छ भन्ने कुराको अनुभूति पनि गर्छिन् । यसो गर्नाले तपाईंको प्रेम सम्बन्ध सुन्दर भएर जान्छ ।

यदि उनि कुनै समस्यामा छिन भने उनि बिनम्र भएर या अँगालो हालेर उसलाई यो महसुस गराउनुहोस् कि ऊ तपाइंको जिन्दगीमा कति खास छिन् अनि उनि दुखि हुँदा तपाइँलाइ कति पिडा हुन्छ । र भन्नुस उसको हरेक समस्यामा तपाइंको साथ् रहनेछ । जव आफ्नो प्रिय मान्छेले आफ्नो दुखमा साथ दिने प्रतिवद्दता गर्छ तब हरेक मान्छेलाई आनन्द महसुस हुन्छ । स्वाभाविक रुपले उनि पनि तपाइंलाई अझै बढी प्रेम अनि आदर गर्न थाल्नेछिन ।

जब मौका मिल्छ तब उनको कपाललाइ प्रेमले चलाउनुहोस । यसले उनको हृदयलाई खुशी पार्छ । मायाले आफ्नो प्रेमिकाको केश चलाउदा उनलाई तपाइंले धेरै प्रेम गर्नुहुन्छ भन्ने महशुस हुन्छ। कहिलेकाहिँ मौका मिल्दा उनलाई आफ्नो काखमा लिनुहोस् अनि उनको केश संग खेल्नुहोस । केटि मान्छेहरु उपहार या सरप्राइज मन पराउछन । त्यसैले जब उनी संग भेट्नु हुन्छ तब उनको लागि केहि उपहार लिएर जानुहोस । उनलाई सरप्राइज दिन कहीं घुमाउन लिएर जान पनि सक्नुहुन्छ । उपहार महँगो नै हुनपर्छ भन्ने हुदैन । अलिकति चकलेट, फुल, टेडी बियर आदि दिएर उसलाई खुशी बनाउन सक्नुहुन्छ ।

यदि मौसम रमाईलो छ भने, उनलाई तुरुन्त बाहिर घुम्न लिएर जानुहोस । उनि सँग समय बिताउनुहोस् । मायालु वातावरण सिर्जना गर्नुहोस । उनका हातहरू समात्नुहोस् र बस्नुहोस् । उनको आँखामा आफ्ना आँखा जुधाएर कुरा गर्नुहोस् । केहि उनका कुरा सुन्नुहोस अनि केहि आफ्ना प्रेमिल बात बताउनुहोस । बिस्तारै उनका हातमा चुम्बन गर्नुहोस अनि उनका हातलाई आफ्नो काखमा राख्नुहोस । जब उनि तपाइँ बाट टाढा हुन्छिन तब उनलाई म्यासेज गरेर तपाइँ उसलाई कति याद गर्दै हुनुहुन्छ भन्ने महसुस गराउनुहोस् । सानासाना कुरामा उसलाई आफ्नो प्रेमको महसुस गराउनुहोस् । भौतिक दुरीले मनको दुरी बढ्न दिन हुदैन । यदि उनि टाढा हुदा पनि तपाईं उसलाई सम्झी रहनु भयो भने उसलाई बिश्वास हुनेछ कि तपाईं उसलाई धेरै माया गर्नुहुन्छ भनेर ।

ऊ संग रमाइलो गरि रहनुहोस । जस्तै उसलाई जिस्काउने, काउकुती लगाउने, उनको केशलाइ चलाउने, उनको हात पकड्ने आदि क्रियाकलाप गरेर उनि संग नजिक रहनुहोस । यसरि एकापसमा हांसी मजाक गर्ने अनि रमाइलो गरिरहने पार्टनर केटीहरुले धेरै मन पराउछन् । तपाइँ सधैँ उसलाई आफ्नो प्रेमको एहसास गराउनुहोस् अनि भन्नुहोस् कि, तपाईं उसलाई धेरै प्रेम गर्नुहुन्छ भनेर । माया गर्नु मात्र हैन देखाउन पनि जरुरि हुन्छ, त्यसैले उसलाई बेलाबेला यस्तो भन्दै गर्नुहोस् । यो सब गर्दै गर्दा यो ध्यानमा राख्नुहोस कि तपाईंको व्यवहारले उसलाई दिक्क नलागोस् । उनलाई तपाइंको व्यवहारले प्रेमको अनुभूति भएको होस् ।

सम्बन्धित खवर