फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट - Crazysaptahik.com

फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट

 

कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८० टिकट प्राप्त भएको छ । एन्फाका अनुसार बिहीबार आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि २८० टिकट प्राप्त भएको हो । फिफा विश्वकपको टिकट विक्री गर्ने अधिकार पनि एन्फालाई दिएको छ ।

एन्फाका अनुसार खेल अनुसार टिकटको मुल्य निर्धारण गरिने छ । अहिलेसम्म एन्फाले टिकट बिक्री र मुल्य निर्धारण नगरेको जनाएको छ । नोभेम्बर २१ मा फिफा विश्वकपको उद्घाटन अल बायत स्टेडियममा हुनेछ ।

सम्बन्धित खवर