अनमोल समाचारदाता
विराटनगर । बाढीले बगाएर सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सिंघिया खोलामा आएको बाढीले १ सय ७५ परिवार विस्थापित भएका छन्। विराटनगर र कटहरी गरी १ सय ७५ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १ सय ३० परिवार विस्थापित भएका छन् । विराटनगर–८ मा २५ र विराटनगर–२ मा २० परिवार विस्थापित भएका छन् ।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार कटहरी–१ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।